२.०४ प्रतिशतले घट्यो नेप्से, कारोबार रकममा पनि दिनहुँ गिरावट

-



     सफल आवाज    
     भाद्र २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दिनहुँ गिरावट भएको छ । यसका साथै कारोबार रकममा पनि गिरावट भएको छ ।

साताको चौथो दिन नेप्से परिसूचक ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा झरेको छ । नेप्से २.०४ प्रतिशतले घटेको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ११.९१ अंकले घटेर ५३६.५१ विन्दुमा रहेको छ ।

कुल २२५ कम्पनीको शेयर कारोबार भएको छ। । १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयरको कारोबारबाट ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँ बराबरको कारोबार भएकाे छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन । उनीहरु सबैको शेयर घटेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्राेपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको छ ।

कारोबारको अधारमा सबैभन्दा बढी युनाइटेड मोदी हाइड्राेपावर लिमिटेडको ४० करोड ५७ लाख ७५ हजार ४६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।