लगातार ओरालो लाग्दै सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     भाद्र २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ जेठ । नेपाली बजारमा सुनचाँदीको भाउ लागातार ओरालो लागेको छ । साताको पाँचौं दिन बिहिबार सुनचाँदीको भाउ रुपैयाँ १०० तथा चाँदी रुपैयाँ १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ १०० ले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा १० रुपैयाँले गिरावट भएको छ । यसरी घटेको चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।