
काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा रकमको अभाव हुन नदिनका लागि ३० अर्ब रुपैयाँ रिपो लिलामीमार्फत बजारमा पठाउन लागेको जानकारी दिएको छ ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको तरलतालाई सुन्तु्लन कायम गर्नका लागि आज ३० अर्ब रुपैयाँ पठाउन लागेको हो । बैंकका अनुसार यो योजना दुई हप्ताका लागि जारि गर्न लागेको हो । जो असोज ७ गते परिपक्व हुनेछ ।
बैंकले क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरूले अनलाइनबाट लिलामी प्रणालीमार्फत दिउँसो ३ वजेसम्म बोलकबोल गर्नुपर्ने बताएकाे छ । राष्ट्र बैंकले छोटो अवधिको लागि वित्तीय प्रणालीमा भएको तरलतालाई सन्तुलनमा राख्नका लागि रिपोमार्फत उक्त रकम वित्तीय बजारमा पठाउन लागेको हो ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




