बढ्याे सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     भाद्र २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ भदौ । नेपाली बजारमा सुनचाँदीको भाउ शुक्रबार सामान्य किसिमले बृद्धि भएको छ । साताको कारोबार हुने अन्तिम दिन छापावाला सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ १०० ले बृद्धि भएर प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

मासंघका अनुसार चाँदीको भाउमा यसदिन रुपैयाँ ५ ले बृद्धि भएर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २१० रुपैषँमा कारोबार भएको थियो ।