
काठमाडौं, २५ भदौ । साधना लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । संस्थाको संचालक समितिको ९७ औं बैठकले आर्थिक वर्ष २०७७, २०७८ को लाभांश वितरणको प्रस्ताव गरेको हो ।
संस्थाकोे आर्थिक वर्ष २०७७, २०७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम भएको चुक्तापूँजी २५ करोड ६९ लाख ८० हजार ४०० रुपैयाँको २५ प्रतिशतले हुन आउने बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांशसहित २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।
२०७८ असार मसान्तसम्ममा कायम भएको चुक्ता पूँजीको २५ प्रतिशतले हुने ६ करोड ४२ लाख ४५ हजार १०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने भएको छ । यस्तै चुक्ता पूँजीको १.३२ प्रतिशतले हुने ३३ लाख ८१ हजार ३२१ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ । दुबैको गरी २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।
संस्थाकोे लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको साधारण सभाबाट पारित गरेपछि वितरण गरिने भभएको छ । लाभांश वितरण पछि संस्थाको चुक्ता पूँजी ३२ नाघ्ने भएको छ ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




