
काठमाडौं, २८ भदौ । साताको दोश्रो दिन सोमबार पनि शेयर बजार सकारात्मक लयले अगाडी बढेको छ । शुरूमा हरियाे संकेत दिए पनि बजार बन्द हुँदाकाे अविधसम्म भने नतिजा फरक हुने संभावना जिवितै हुन्छ ।
प्रिओपन सेसनमा यसदिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १५.३९ अंकले बढ्यो । यसरी बढेको नेप्से २९६२.८१ विन्दुमा पुग्याे । सेन्सेटिभ इण्डेक्स २ अंकले बढ्यो ।
आजको प्रिओपन सेसनमा ५० कम्पनीले कारोबार गरे । उनीहरुमध्ये ४२ कम्पनीको शेयर बढेको छ भने ५ कम्पनीको घटेको पाईयो । बाँकी दुईको भने शेयरमूल्य स्थिर रह्यो ।
यो समाचार तयार पार्दाको समय पूर्वान्ह ११ वजेको समयमा भने नेप्से परिसूचक ३४.८२ अंकले बढेर २९८२.२४ विन्दुमा पुग्यो । नेप्से १.१८ प्रतिशतले बढ्यो भने सेन्सेटिभ इण्डेक्स ६.७८ अंकले बढेर ५५५.०९ विन्दुमा पुग्यो ।
यसअवधिसम्म १९७ कम्पनीले कारोबार गरेका छन् । १८ लाख ९३ हजार ६६५ कित्ता शेयरको शरिदबिक्री हुँदा १ अर्ब ३१ करोड ८९ लाख ४८ हजार ७९० रुपैयाँ बराबरको कारोबार भएको छ ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




