एचआईडिसिएलले ३ करोड ६२ लाख बढी कित्ता शेयर लिलामी बिक्रीमा ल्याउँदै

-



     सफल आवाज    
     भाद्र २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ भदौ । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसिएल)ले ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउने भएको छ । कम्पनीले यसअघि निष्काशन गरेको हकप्रद शेयरमा आवेदन पूरा नपरि बाँकी रहेको शेयर लिलामी बिक्रीमा ल्याउन लागेको हो ।

गएको जेठ १७ गतेसम्म कायम भएका साविक शेयरधनीहरुका लागि कम्पनीले १ बराबर १ को अनुपातमा रुपैयाँ १०० मूल्य अंकित दरमा ११ करोड कित्ता हकप्रद शेयर जारि गरेको थियो । १ लाख ९६ हजार ४२४ निवेदकले ७ करोड ३७ लाख ७० हजार २७६ कित्ता शेयरका लागि आवेदन पेश गरेका थिए । जसको बाँडफाँड भदौ २६ मा भएको थियो । त्यसमध्य बाँडफाँड नभएको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयरका लागि कम्पनीले लगानीकर्ताहरुबाट बोलपत्र माग गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।