
काठमाडौं, २९ भदौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले भदौको २५ गतेबाट बिक्रीमा ल्याएको नबिल ब्यालेन्स्ड फण्ड ३ को लागि आवदेन दिने आज अन्तिम मौका रहेको छ ।
कम्पनीले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशनमा गरेको हो । प्रतिइकाई १० रुपैयाँ अंकित फण्डको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरिने भएको हो ।
कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको नबिल बैंकलाई १ करोड ४० लाख अर्थात १४ पतिशत छुटयाईएको छ । १ प्रतिशत अर्थात १० लाख इकाई व्यवास्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको लागि छुट्याईएको छ ।
त्यसबाट बाँकी हुन आएको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिने भएको छ । लगानीकर्ताले फण्डमा कम्तिमा १०० कित्तादेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।
नबिल म्यचुअल फण्डबाट संचालन हुने उक्त फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम मौका रहेको भएपनि तोकिएको म्यादसम्म माग बमोजिमको आवदेन नपरेको खण्डमा असोज ८ गतेसम्म आवेदन दिन सकिने मिति तोकिएको थियो ।
यो बन्दमुखि योजनाको अवधि १० वर्ष रहेको छ । यसका लागि सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्था वा मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नबिल बैंकको पूर्ण स्वामित्व रहेको कम्पनी हो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




