मंगलबार सुनचाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     भाद्र २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ भदौ । साताको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदीको कारोबार सोमबारकै भाउमा खरिदबिक्री भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनको भाउ स्थिर रहि सोमबारकै मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि तेजाबी सुनकाे सोहि मूल्य कायम भएको थियो ।

चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि चाँदीकाे सोहि मूल्य कायम भएको थियो ।