आरटीजीएस प्रणाली शनिबार खुला हुने

-



     सफल आवाज    
     असाेज १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ असोज । नेपाल राष्ट्र बैंकले शनिबार आरटीजीएस प्रणाली खुल्ला रहने जानकारी गराएको छ ।

बैंकले शुक्रबार एक सूचना प्रकाशित गरेर भदौ २ गते शनिबार आरटीजीएस प्रणाली खुल्ला रहने जानकारी दिएको हो । बैंकका अनुसार विकास ऋणपत्र २०८४ ख को ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली खुल्ला रहने बताएको हो ।

शनिबार आरटीजीएस प्रणाली बिहान १० वजेदेखि मध्यान्ह १२ वजेसम्मका लागि खुल्ला गरिने भएको छ ।