सांग्रिला बैंकको दशैं उपहार, व्यक्तिगत मुद्धतिमा १० प्रतिशत ब्याजदर

-



     सफल आवाज    
     असाेज १ गते २०७८ मा प्रकाशित



काठमाडाैं, १ असाेज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले व्यक्तिगत मुद्धति निक्षेपमा १० प्रतिशत (९.५ प्रतिशत व्याजदरमा ०.५ प्रतिशत थप प्रिमियम सहित) ब्याज भुक्तानी गर्ने गिर दशैं उपहार अफर सार्वजनिक गरेको छ ।

बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्धति निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको हो ।
दशैं जस्ता महान पर्वको अवसरमा ०.५ प्रतिशत प्रिमियम समेत थप्न मिल्ने मुद्दति निक्षेप योजना सार्वजनिक गरिएको छ ।

यसको अर्थ सांग्रिला डेभलपमेन्ट बैंकको व्यक्तिगत मुद्धति खातामा निक्षेप राख्नेले वार्षिक १० प्रतिशतसम्म ब्याज पाउनेछन् ।
यसका साथै बैंकले संस्थागत मुद्धतिमा पनि ९.५ प्रतिशत वार्षिक ब्याजदरको अफर सार्वजनिक गरेको छ ।