
काठमाडौं, ४ असोज । नेपाल ल्युब आयल लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । प्रस्तावित लाभांश प्रयाेजनका लागि कम्पनीको साधारण सभा असोज १८ गते डाकिएको छ । साधारण सभा संस्थाको ललितपुर झम्सिखेलमा रहेको कार्यालयमा पूर्वान्ह साढे ११ वजे डाकिएको छ ।
कम्पनीको संचालक समितिको बैठकले ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शेयरधनीहरुले लाभांश सुरक्षित गर्नका लागि सोमबारसम्म अन्तिम मौका रहेको छ ।
असोज ५ देखि असोज १८ गतेसम्म कम्पनीकाे बुक क्लोज गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आजसम्म कारोबार गरी कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने र लाभांशका हकदार हुनेछन् ।
कम्पनीका अनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुको लागि ३० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगदसहित ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।
साधारण सभा अनलाइनमार्फत हुने भएको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




