बढ्याे सुनचाँदीको मूल्य, ताेलाकाे कति पुग्याे ?

-



     सफल आवाज    
     असाेज ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ असोज । साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । छापावाला सुनमा ३०० रुपैयाँ तथा चाँदीमा ५ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएर प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा झिनो ५ रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।