ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     असाेज ६ गते २०७८ मा प्रकाशित




काठमाडौं, ६ असोज । साताको चौथो दिन बुधबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । छापावाला सुनमा रुपैयाँ ९०० तथा चाँदीमा रुपैयाँ २५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाादी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा एकैदिन ९०० रुपैयाँले बृद्धि भएर प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा २५ रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।