निरन्तर सुनको भाउ घट्दै, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     असाेज ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ असोज । साताको कारोबार हुने अन्तिम दिन शुक्रबार छापावाला सुनको भाउ ६०० रुपैयाँले घटेको छ । चाँदीमा भने सामान्य ५ रुपैयाँले बृद्धि भएको छ । बिहिबार पनि सुनमा ५०० रुपैयाँले गिरावट भएको थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ६०० ले घटेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार छापावाला सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा सामान्य ५ रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियाे ।