छिट्टै सार्वजनिक गरिदैं फक्सवागन टाइगुन एसयूभि गाडी

-


     सफल आवाज    
     असाेज ९ गते २०७८ मा प्रकाशित


काठमाडौं, ९ असोज । दशैं तिहारलाई लक्षित गरेर गाडीका सौखिनहरुको पर्खाईमा रहेको फक्सवागन टाइगुन एसयूभि गाडी नेपालमा छिट्टै सार्वजनिक गर्न लागिएकाे छ ।

यो गाडी दुई भिन्दै भेरिएन्टका रहेका छन् । मिडसाइज एसयूभि फक्सवागन टाइगुन डाईनामिक लाइन र पर्फमेन्स लाइन यी दुई भेरिएन्टका गाडी नेपाल ल्याउन लागिएको हो ।

भारतमा भर्खरै सार्वजनिक गरिएको गाडीको मूल्य १० लाख ५० हजार देखि १७ लाख ५० हजारसम्म रहेको छ । जो पाँच भिन्दै रङमा हुनेछन् । नेपालमा यसको मूल्य ५२ लाख देखि ७३ लाख रुपैयाँसम्म पर्ने आँकलन गरिएको छ ।

फक्सवागन गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पूजा इन्टरनेशनल रहेको छ । कम्पनीले गाडी असोजको आधाबाट बजारमा सार्वजनिक गर्ने तयारी गरेको बताईएको छ ।