
काठमाडौं, १० असोज । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार आज लगानीकर्ताहरुलाई गासमा ढुंगा लागेको अनुभूति भएको छ । कारोबार हुने अन्तिम दिन बिहिबार नसुध्रिएको बजार आईतबार त उकालो लाग्ला नि भन्ने सबैको अपेक्षा रहेपनि कहिलेकाँहि त्यो अपेक्षा पूरा हुँदैन । तर यसअघि दिनहरू नकारात्मक नभए पनि नतिजा उल्टाे भयाे । अर्थात बजार राताम्मै हुन पुग्याे ।
आज पनि शेयर बजारमा गिरावट देखिएको छ । बिहिबार अघिसम्म केहि दिन उकालो लागेकोमा आज फेरि नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा झरेको छ । नेप्सेमा २.१७ प्रतिशत गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स १०.७० अंकले घटेर ५१९.३६ विन्दुमा रहेको छ ।
कुल २३३ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये म्युचुअल फण्डको झिनो ०.२१ प्रतिशतले बृद्धि भएको छ । बाँकी १२ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।
बैंकिङ। व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहको शेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३३ करोड ९५ लाख ७३ हजार ६५५ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ । याे कम्पनी केहि दिनपछि पुनः अब्बल हुने बाटाेमा हिंडेकाे छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




