लाग्याे उकालाे सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     असाेज ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ असोज । साताको दोश्रो दिन नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउमा यसदिन रुपैयाँ ३०० ले बृद्धि भएको छ । चाँदीमा १० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएर प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार छापावाला सुन स्थिर रहि प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा नै कारोबार भएको थियो ।

चाँदीमा रुपैयाँ १० ले बृद्धि भएर प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको छ । आईतबार चाँदी प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।