
काठमाडाैं, ११ असाेज । साताको कारोबार हुने दोश्रो दिन सोमबार पनि शेयर बजारमा गिरावट आएको छ । १३ वटै उपसमूहहरु राताम्मै भएका छन् भने कारोबार रकम पनि घटेको छ ।
चाडपर्व नजिकै आईरहेको बेलामा लगानीकर्ताहरुले रकमको जोहो गरिरहेका र शेयर बिक्रीलाई बढोत्तरी दिएका छन् । असोजमै बैंकहरुले ब्याज बढाएका छन् । राष्ट्र बैंकको १२ करोडको कर्जा सिमाको असर अझैं शेयर बजारमा परिरहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४१ विन्दुमा झरेको छ । नेप्सेमा २.६५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १२.९४ अंकले घटेर ५०६.३३ विन्दुमा रहेको छ ।
कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ४ लाख ७८ हजार ६८ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
तेहवटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसूहको शेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको १५ करोड ४९ लाख ७१ हजार २३० रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




