अपडेट : यस्तो छ शेयर बजारको यात्रा

-



     सफल आवाज    
     असाेज १२ गते २०७८ मा प्रकाशित




काठमाडौं, १२ असोज । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार प्रि-ओपन सेसन नकारात्मक देखिएको छ । नेप्से परिसूचक करिब २ अंकले घटेको देखिएको छ । सोमबार ७३.०५ अंकले घटेर २६८५.४१ विन्दुमा झरेर बन्द भएको शेयर बजार आजको ओपनिङ सेसनमा १.८१ अंकले बटेको देखियो भने २६८३.६० विन्दुमा झर्यो ।

प्रि-ओपन सेसनमा १७ कम्पनीले शेयर कारोबार गरे । उनीहरुमा ४ वटा कम्पनीको शेयर मूल्य बढेको देखियो भने १० कम्पनीको घटेको पाईयो । यो समयमा ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको पाईयो ।

यो समाचार तयार पर्दाखेरिको समय दिनको पौने १२ बजे नेप्से परिसूचक १.६७ अंकले घटेको छ । यसरी घटेको नेप्से २६८३.७४ विन्दुमा झरेको छ । नेप्सेमा ०.०६ प्रतिशतको गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.११ अंकले बढेर ५०६.४४ विन्दुमा पुगेको छ ।

यो समयमा २०० कम्पनीको शेयर कारोबार भएको छ । १६ लाख ४७ हजार ७९५ कित्ता शेयरको खरिदबिक्री हुँदा ८२ करोड ९७ लाख ३ हजार ४५२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ६ वटामा हरियो लागेको छ । बाँकी ७ उपसमूहमा रातो लागेको छ ।