
तस्वीर : फाइनान्सीयल एक्सप्रेस
काठमाडौं, १३ असोज । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकमको अभाव देखिएको छ । कर्जा लगानीमा बैंकहरु आक्रामक देखिएको तर निक्षेप संकलन भने अत्यन्तै कममात्रै हुँदा तरलता समस्या देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।
प्रवक्ता ढकालका अनुसार सोमबारसम्म वित्त बजारमा २२ अर्ब रुपैयाँमात्रै तरलता रहेको छ । दशैं नजिकिएका कारण तरलता समस्या थप जटिल हुन सक्ने देखिएको छ ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असोज पहिलो सातामा बैंकहरुले ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । तर यहीँ अवधिमा भने यी बैंकहरुले जम्मा ९ अर्बमात्रै निक्षेप संकलन गरेका छन् । यसले पनि बैंकहरुमा तरलता समस्या तत्कालै समाधान भइहाल्दैन कि भन्ने संकेत गरेको छ ।
बैंकर्स संघका अनुसार भदौ मसान्तसम्म बैंकहरुले ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । असोज ८ गतेसम्म आइपुग्दा यी बैंकहरुले कर्जा बढाएर ३९ खर्ब ३ अर्ब पु¥याएका छन् ।
उता निक्षेप भने भदौ मसान्तसम्म ४१ खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा असोज ८ सम्म जम्मा ९ अर्ब रुपैयाँले मात्रै बढेर ४१ खर्ब ८० अर्ब रुपैयाँमात्रै पुगेकाे छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




