
काठमाडौं, १३ असोज । साताको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा १०० रुपैयाँले गिरावट भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले घटेर प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । यसरी स्थिर रहेको मूल्य मंगलबारकै भाउ प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




