वित्तीय तरलतालाई सन्तुलन राख्न राष्ट्र बैंकले ३० अर्ब पठाउँदै

-



     सफल आवाज    
     असाेज १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ असोज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा रकमको अभाव हुन नदिनका लागि ३० अर्ब रुपैयाँ बजारमा पठाउँदैछ । बैंकले रिपोमार्फत सो रकम पठाउन लागेको हो ।

बैंकिङ प्रणालीमा हुने तरलतालाई मिलाउन राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ पठाउन लागेको जनाएको छ । बैंकले एक हप्ताका लागि रिपोमार्फत रकम पठाउन लागेको हो ।

क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन प्रणालीबाट दिनको सवा ३ वजे सम्ममा बोलकबोल सरिक हुन पाउने छन् ।

वित्तीय बजारमा हुने तरलतालाई सन्तुलनमा राख्नका लागि राष्ट्र बैंकले छोटो अवधिको लागि रिपो गर्ने गर्दछ ।