
काठमाडौं, १३ असोज । साताको शेयर कारोबार हुने चाैथो दिन शेयर बजारमा हरियाली छाएको छ । यसदिन फाइनान्स, हाइड्रो र विकास बैंकतर्फको सूचकमा बृद्धि देखिएको छ भने अन्य उपमूहरुको सामान्य बृद्धि रहेको छ । कारोबार रकम भने खासै माथि जान सकेको छैन ।
नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.९३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.५८ अंकले बढेर ५०३.४६ विन्दुमा पुगेको छ ।
कुल २२९ कम्पनीको शेयर कारोबार भएको छ । ९८ लाख ९४ हजार ४७८ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब २८ करोड ५ लाख ५५ हजार ९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहहरुमा केहि दिनपछि हरियाली छाएको छ । सबैको शेयर बढेको छ । बैंकिङ उपसमूहतर्फ १.०९ प्रतिशतले बृद्धि भएको छ । व्यापार उपसमूहतर्फ २.५७ प्रतिशतको बृद्धि हुँदा होटल तथा पर्यटन उपसमूहतर्फ १.०६ प्रतिशतले बढेको छ ।
यस्तै विकास बैंकतर्फ ३.१८ प्रतिशत, हाइड्रोतर्फ ४.२२ प्रतिशत, फाइनान्सतर्फ ४.८७ प्रतिशतले बृद्धि भएको छ । यस्तै नीर्जिवन बीमातर्फ २.२५ प्रतिशत, उत्पादनतर्फ १.६४ प्रतिशत, अन्यतर्फ २.५ प्रतिशत, माइक्रोफाइनान्सतर्फ १.७९ प्रतिशत, जीवन बीमातर्फ १.४९ प्रतिशत, म्युचुअल फण्डतर्फ ०.५९ प्रतिशत तथा लगानी उपसमूहतर्फ २.३२ प्रतिशत बृद्धि भएको छ ।
कारोबारको अधारमा सबैभन्दा बढी अपि पावर कम्पनीको २२ करोड ६७ लाख ५४ हजार ३७२ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




