गरिमा विकास बैंकका ग्राहकलाई एरोगिन हेल्थ केयर सेन्टरमा ४०% सम्म छुट

-



     सफल आवाज    
     असाेज १३ गते २०७८ मा प्रकाशित



काठमाडाैं, १३ असाेज । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा विशेष छुट पाउने भएका छन् । बुधवार बैंकले सेन्टरसँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको हाे ।

सम्झौता अनुसार काठमाडौंको विशालनगरमा रहेको यस एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले सेन्टरले प्रदान गर्ने सेवा सुविधामा ४० प्रतिशतसम्म छुट सुबिधा पाउन सक्ने छन्।

बैंकका ग्राहकहरूले हेयर ट्रान्सप्लान्टमा २५ देखि ४०% सम्म, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३०%, हेयर फल ट्रिटमेन्टमा २५%, डेन्टल ट्रिटमेन्टमा २०% र ल्याब ईन्भेस्टिगेसनमा १५% छुट पाउने बैंकद्धारा जारी विज्ञप्तीमा जनाइएकाे छ ।