
काठमाडौं, १४ असोज । असोज ११ गतेदेखि सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएको बुद्धभूमि नेपाल हइड्रोपावरको आइपीओमा अन्तिम दिन आजसम्म आउँदा २१ लfख बढी आवेदकले आवेदन पेश गरेका छन् ।
कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा २१ लाख ११ हजार ८१९ जनाको आवेदन परेको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।
२१ लाख ११ हजार ८१८ लगानीकर्ताहरुले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयरका लागि आवेदन दिएका छन् । सरसर्ति हेर्दा २० लाख आवेदकको हात खालि हुने भएको छ ।
बुद्धभूमि नेपाल हइड्रोपावरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये १६ हजार कित्ता कर्मचारीहरुकाे लागि र ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयरमा सर्वसाधरणले आवेदन दिएका हुन ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




