न्यादी हाईड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला

-



     सफल आवाज    
     असाेज १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ असोज । न्यादी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाखको आइपीओ निष्काशन तथा बिक्रीमा ल्याएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

लगानीकर्ताले असोजको १९ गतेसम्म आवेदन पेश मिति तोकिएको छ । सो समयसम्म माग बमोजिमको आवेदन नपरेको खण्डमा असोजको ३१ गतेसम्म आवेदन दिन पाईने छ ।

शेयरमा लगानी गर्न चाहनेहरुले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले घटीमा १० तथा बढीमा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई बैंक रहेको छ । जस्को प्रत्याभूतकर्तामा नागरिक लगानी कोष रहेको छ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रहेको छ । शेयर निष्काशन पछि चुक्ता पूँजी १ अर्ब ५० करोड पुग्ने भएको छ ।