बढ्यो सुनको भाउ एकैदिन ९०० रुपैयाँ

-



     सफल आवाज    
     असाेज १५ गते २०७८ मा प्रकाशित




काठमाडौं, १५ असोज । साताको सुनको कारोबार हुने अन्तिम दिन शुक्रबार आज सुनको भाउ ९०० रुपैयाँले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भएको छ ।