
काठमाडौं, १५ असाज । साहस उर्जाले आईतबारदेखि आइपीओ बाँडफाँड गर्ने भएको छ । कम्पनीको असोज ६ गतेदेखि सर्वसाधारणका लागि शेयर निष्काशन गरिएको थियो । सोहि शेयरलाई बाँडफाँड गरिने भएको हो ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ । यसैका लागि शुक्रबार प्रिअलटमेन्ट सकिएको छ ।
असोज ६ गतेदेखि असोज १० गतेसम्म कम्पनीको ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याईएको थियो । जस्मध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुको लागि तथा ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि रहेको छ ।
कर्मचारी र कोषका लागि छुट्याएर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिने भएको छ । आइपीओमा २४ लाख ७४ हजार ४३६ लगानीकर्ताबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्ताका लागि आवेदन पेश भएको थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




