आरम्भ चौतारी लघुवित्तको प्रमुख कार्यकारीमा शर्मा नियुक्त

-



     सफल आवाज    
     असाेज १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ असोज । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद शर्मालाई नियुक्त गरेको छ । सञ्चालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामीण विकासमा स्नाकोत्तर हासिल गरेका छन् र बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ । कार्यक्रममा अध्यक्ष पोखरेलले शर्माको कार्यकालमा संस्थाले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्थाको वृद्घी विकासमा सदैव आफुले सहयोग गर्न तयार रहने बताए । हाल संस्थाले सात प्रदेश ५२ जिल्ला १३७ वटा शाखा कार्यालयमार्फत ८७ हजार सदस्यलाई वित्तीय सेवा प्रदान गरेको छ । संस्थाले रु चार अर्व ७८ करोड कर्जा लगानी र रु एक अर्व ३६ करोड निक्षेप सङ्कलन गरेको छ ।