
काठमाडौं, १७ असोज। हाथवे इन्भेष्टमेन्ट लिमिटेडको नयाँ सञ्चालक समिति चयन भएको छ । हाथवे इन्भेष्टमेन्टको साधारणसभाले योगेश्वर शर्मा ढकाल, कुमार पौडेल, अम्बिका शर्मा लामिछाने, सुरज श्रेष्ठ र जयराम नेपाललाई सञ्चालकमा चयन गरेको छ ।
अम्बिका शर्मा लामिछाने र सुरज श्रेष्ठ बाहेक सबै जना हाथबेका नयाँ सञ्चालक हुन् । कम्पनीको पूर्व प्रबन्ध सञ्चालक रहेका अम्बिका पौडेल भने यस पटक सञ्चालक समितिमा समेटिएनन् । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत रहेका पौडेल नेपाल यन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा महासंघकै पुँजीबजार फोरमका सभापति समेत हुन् ।
पौडेलले बताए अनुसार सल्लाहले नै हाथवे सञ्चालकबाट उनी बाहिरिएका हुन् । लामो समय सञ्चालक समितिमा काम गरेकाहरु सबै बाहिरिएको उनले बताएका छन् । लामो समयदेखि शेयर बजारमा सक्रिय पौडेल शेयर बजारका विषयमा राम्रो जानकार भएका व्यक्ति हुन् । उनलाई शेयर बजारका ‘भेट्रान’ को रुपमा चिनिन्छ ।
चर्चित व्यवसायी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका भाइ तथा आइएमई समूहका एमडी हेमराज ढकाल (रामु) समेत यस पटक सञ्चालक रहेनन् । सबैले सल्लाहले नै नयाँ कार्यसमिति चयन गरेको बताएका छन् ।
हाथवेले चुक्ता पूँजी १ अर्ब १५ करोड पुर्याउने निर्णयसँगै सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेको छ । हाथवे इन्भेष्मेन्टले १२.५ प्रतिशतले हुने सेयर जारी गर्ने निर्णय गरेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




