उकालो लाग्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     असाेज १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ असोज । साताको पहिलो दिन सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ २०० ले बढेर प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।