नेपाल ल्यूवको साधारण सभामा ३५ प्रतिशत लाभांश पारित हुँदै

-



     सफल आवाज    
     असाेज १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ असोज । नेपाल ल्यूव आयलको आज वार्षिक साधारण सभा आयोजना गरिएको छ । साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बोनस र ५ प्रतिशत नगदसहित ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव छलफलपछि पारित हुँदैछ ।

सभामा आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन, सर्वसाधारणको तर्फबाट संचालक सदस्यकाे नियुक्ती लगायतका एजेण्डा रहेका छन् ।
साधारण सभा कम्पनीको झम्सिखेल, ललितपुरस्थित कार्यालयमा बोलाईएको छ ।

साधारण सभा अनलाइनमार्फत गरिएको छ । साधारण सभाको प्रयोजनका लागि कम्पनीले असोज ५ देखि आजसम्म बुक क्लोज गरेको थियो । असोज ४ गतेसम्म कायम भएका शेयरधनीहरु मात्रै सभामा भाग लिन र लाभांशका हकदार हुनेछन् ।