नेपाल बंगलादेश क्यापिटलको १९ प्रतिशत नगद लाभांश पारित

-


     सफल आवाज    
     असाेज १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ असोज । नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न साधारण सभाले प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने बताइएको छ । जस अनुसार शेयरधनीहरुले कम्पनीको २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी २० करोडको १९ प्रतिशतले हुन आउने रकम ३ करोड ८० लाख रुपैयाँ नगद लाभांश पाउने भएका छन् ।

सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्तावहरु पारित भएको छ । साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको जनाएको छ ।