
काठमाडौं, १८ असोज । गरिमा जनरल इन्स्यारेन्स कम्पनी खोल्न गृहकार्य शुरु भएको छ । गरिमा विकास बैंकका संस्थापकहरुले नै लगानी गर्ने गरी उक्त कम्पनी खोल्न गृहकार्य गरिएको हो । नयाँ बिमा कम्पनी खोल्नका लागि बैंकका संस्थापक अध्यक्ष जलेश्वर पाण्डे, निवर्तमान अध्यक्ष चन्द्रकान्त बराल लगायतले लगानी गर्ने भएका छन् ।
बिमा समितिले केही बिमा कम्पनीहरु थप्ने योजना बनाएपछि गरिमाको टिमले बिमा क्षेत्रमा पनि लगानी गर्ने योजना बनाएको हो । श्रोतका अनुसार अहिले कागजात तयार पार्ने काम भइरहेको छ । केही दिनमा कागजात तयार पासिक्ने र त्यसपछि बिमा समितिमा दर्ता गर्ने टिमका एक सदस्यले बताए ।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले पनि गरिमाको टिमले बिमा कम्पनीम लगानी गर्ने तयारी गरेको बताए । उनका अनुुसार यो कम्पनीमा गरिमा विकास बैंकले समेत संस्थापक लगानीकर्ताको रुपमा लगानी गर्नेछ ।
प्रस्तावित कम्पनीका चुक्ता पुँजी २ सय करोड रुपैयाँ हुनेछ भने यसमध्ये ७० प्रतिशत संस्थापकले लगानी गर्ने र बाँकी ३० प्रतिशत लगानी आईपीओ जारी गरेर सर्वसाधारणबाट उठाउने कम्पनीको तयारी छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



