४६ करोड ठगी आरोपमा सिभिल बैंकका अध्यक्ष तामाङसहित अन्य केहि पक्राउ

-



     सफल आवाज    
     असाेज १९ गते २०७८ मा प्रकाशित




काठमाडौं, १९ असोज। सिभिल बैंकका अध्यक्ष ईच्छाराज तामाङ बैंकिङ कसुरसम्बन्धी मामिलामा अनुसन्धानका लागि पक्राउ परेका छन् । तामाङसहित अन्य केहिलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आज सुन्धाराबाट पक्राउ गरेको हो ।

तामाङ एमालेका पूर्वसांसद हुन् । ७० जना निक्षेपकर्ताले तामाङसहितको समूहले ठगी गरेको उजुरी दिएका छन् । उनीसहित अन्य पक्राउ परेकाहरुउपर करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ । ४६ करोड रुपैयाँ ठगीको उजुरी परेकोले त्यसैलाई आधार मानेर पक्राउ गरेको सिबिआईले बताएको छ ।

सहकारीमार्फत ४६ करोड डगी गरेको किटानी उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।