
काठमाडौं, २१ असोज । माछापुच्छ्रे बैंकले लाभांश वितरणको प्रस्ताव पारित गर्नका लागि कार्तिक २६ गते २३ औं साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरिएको १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
बैंकको साधारण सभा पोखरा पार्दिस्थित होटल ग्राण्डमा बोलाईएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकोले बैंकको साधारण सभा अनलाइनमार्फत हुनेछ । पूर्वान्ह ११ वजे शुरु हुने साधारण सभाका लागि बैंकले शेयरधनीहरुलाई जुम आईडी र पासवर्ड उपल्वध गराउने जानकारी दिएको छ ।
साधारण सभाबाट १३.३० प्रतिशत बोनस शेयर र करको प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्तावलाई पारित गरिने भएको छ । सभामा अन्य बैंक तथा वित्तीय संस्थासंग मर्जर वा एक्विजिशन गर्ने कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, समितिमा खालि रहेका संचालकहरुको नियुक्ती लगायतका प्रस्तावलाई पारित गरिने भएको छ ।
बैंकले साधारण सभाका लागि कार्तिक ७ गते बुक क्लोज गर्ने बताएको छ । कर्तिकको ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउनेछन् । साथै लाभांशका हकदार हुनेछन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




