२४ घण्टामा थपिए ७६४ जना, १ हजार ३३ जना संक्रमणमुक्त

-


     सफल आवाज    
     असाेज २२ गते २०७८ मा प्रकाशित


काठमाडाैं, २२ असाेज । पछिल्लो २४ घण्टामा देशभर ७६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ६८८ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सङ्ख्या १५ हजार ६१४ रहेका छन् ।

पाँच सय बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० बढी सङ्क्रमित भएका जिल्ला २० छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् । सङ्क्रमण दर १८.७ प्रतिशत छ । सो अवधिमा एक हजार ३३ जना सङ्क्रमणमुक्त भएका छन् ।

हालसम्म सात लाख ७४ हजार १७३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ । यस्तै सङ्क्रमणबाट आज १० जनाको मत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २१० जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३१३ जना सघन उपचार कक्ष (आइसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार ४६१ जना होम आइसोलेसन, एक हजार १५३ जना संस्थागत आइसोलेशन र २४१ जना क्वारेन्टिनमा छन् । आज ४३ हजार ९४१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

हालसम्म ८० लाख ४१ हजार ५९४ पहिलो मात्रा र ६४ लाख ४१ हजार ६३२ पूर्णमात्राको खोप लगाइसकेका छन् ।