एक्सेल बैंकले ल्यायो आजदेखि २४ करोड बढीको हकप्रद शेयर बिक्रीमा

-


     सफल आवाज    
     असाेज २५ गते २०७८ मा प्रकाशित


काठमाडौं, २५ असोज । एक्सेल डेभलपमेन्ट बैंकले आजदेखि २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको हकप्रद जारी गरेको छ ।बैंकले हाल कायम रहेको १० कित्ता शेयर बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्रीमा ल्याएको हो ।

रुपैयाँ १०० अंकित मूल्य दरमा २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३/६७ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याईएको हो ।

हकप्रद शेयरका लागि बैंकका शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । तर उनीहरु भदौ ३१ सम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका हुनुपर्नेछ ।

यसका लागि शेयरधनीहरुले एनआईबिएल एस क्यापिटल र एक्सेल डेभलपमेन्ट बैंकका सबै शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै सेबोनबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयर एप मार्फत असोज १४ गतेसम्म आवेदन दिन पाईने भएको छ ।

बैंकको हाल ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रद शेयर निष्काशनपछि १ अर्ब ५ करोड ४४ लाख ५७ हजार ५९२ रुपैयाँ पुग्नेछ ।
बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।