ग्लोबल आइएमई बैंकले गर्यो १३.५ प्रतिशत लाभांश वितरणको घोषणा

-


     सफल आवाज    
     असाेज २५ गते २०७८ मा प्रकाशित


काठमाडौं, २५ असोज । ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको आज बिहान बसेको संचालक समितिको ३९३ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७/७८ को बितरणयोग्य मुनाफा समेतबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३.५ प्रतिशत लाभांश (बोनस शेयर १० तथा नगद लाभांश ३.५ प्रतिशत) वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि वितरण गर्नेछ । यसका लागि आगामी १५औं साधारण सभामा प्रस्ताव पेश गरिने र सभाबाट निर्णय पारित गरिने कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।