पहिलो विकास बैंक बन्यो साधारण सभा घोषणा गर्ने सांग्रिला विकास बैंक

-


     सफल आवाज    
     असाेज २६ गते २०७८ मा प्रकाशित


काठमाडौं, २६ असोज । सांग्रिला विकास बैंक वार्षिक साधारण सभा घोषणा गर्ने पहिलो विकास बैंक भएको छ । यस वर्ष एजिम घोषणा गर्ने विकास बैंकहरुमध्ये सांग्रिला बैंकले शुरुमा साधारण सभा घोषणा गरेको हो ।

बैंकको १७ औं साधारण सभा यहि आउँदो कार्तिक महिनाको १६ गते डाकिएको छ । बैंक संचालक समितिको २७८ औं बैठकले उक्त दिन काठमाडाैं, लैनचौरस्थित लैनचौर ब्यांकेटमा साधारण सभा डाकेको हो ।

बैंकले हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस बितरणको प्रस्ताव र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव प्रस्तुत गरिने बताएको छ ।

अधिकृत पूँजीमा बृद्धि गरी ५ अर्ब पुर्याउने लगायतका विषयमा छलफल गरी पारिते गरिने भएको छ । बैंकको हाल कायम भएको चुक्ता पूँजीमा १० प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पूँजी ३ अर्ब १ करोड बढी हुनेछ ।

साधारण सभामा अन्य बैंक तथा वित्तीय संस्थासंग मर्जर गर्ने लगायतका विषयहरुमा निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव छलफलपछि पारित गरिने भएको छ ।