
पाेखरा,२८ असोज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको छ ।पाँच स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रेको मात्र प्रशासनिक भवन निर्माण भइरहेको हो । कतै भवन निर्माणका लागि जमिन अभाव त कतै केन्द्रको विवाद टुङ्गो लाग्न नसक्दा स्थानीय तह गठन भएर जनप्रतिनिधि आएको पहिलो कार्यकालमा चार स्थानीय तहले प्रशासनिक भवन बनाउन सकेका छैनन् । माछापुच्छ्रेले गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन(साहुथर)मा १० रोपनी क्षेत्रफलको जमिनमा ६ करोड ६२ लाख ११ हजार ९०६ लागतमा बनाउँदै गरेको भवन अहिले निर्माणको अन्तिम चरणको पुगेको छ ।
हाल गाउँपालिकाको प्रशासनीक कार्य साविक गाविस कार्यालय भवनको मर्मत सम्भार गरेर सञ्चालन हुँदै आएको छ । प्रसासनिक भवनको स्ट्रक्चरको काम सकिएर अहिले रङ्गरोगन र वायरिङ सुरु गरिएको गाउँपालिकाका सव इन्जिीनियर राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार समग्रमा ८५ प्रतिशत काम सकिएको छ । आगामी मङ्सिर महिनाभित्रमा सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने योजना छ । उनले भने ,“प्रसासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भवनको कम्पाउण्डको केही भाग, पार्किङ र रङ्गरोगन बाहेक अन्य काम सकिएको छ । ” फनिसिङ भइरहेको छ ।
संरचनाहरु बनेर फिनिसिडको प्लास्टर सकिएको । विसं २०७८ फागुन १६ सम्ममा सम्पन्न गर्ने गरी भवन निर्माणका लागि नयाँ बाटो जिएस इन्जिीनियरिङ जेभीसँग ठेक्का सम्झौता भएकामा निर्माण कम्पनीले तोकिएको मितिभन्दा तीन महिना अगावै सम्पन्न गर्ने गरी काम अघि बढाएको हो । विद्युतीय भ¥याङ(लिफ्ट) सहित तीन तलाको भवनमा ३९ कोठा रहनेछन् ।
यसैगरी माथिल्लो तलामा २०० जना क्षमताको सभाहल हुनेछ । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले आफूहरुको कार्यकालभित्रमा अत्याधुनिक भवनबाट सेवा प्रवाह हुने बताइन । अन्य स्थानीय तहले भन्दा आफूहरुले प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखेकाले त्यो सम्भव भएको उनले बताइन । गाउँपालिकाले चालू वर्षमा प्रशासनिक भवनमा फर्निचर लगायत कार्यालयको व्यवस्थापनका लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको उपाध्यक्ष दवाडीले जानकारी दिइन ।
नयाँ भवन बनेपछि गाउँपालिकाको प्रशासनिक सहित कृषि, स्वास्थ्य, शिक्षा,सामाजिक विकास लगायतका विषयगत शाखा कार्यालयको सेवा पनि एकै थलोबाट प्रवाह हुने जनाइएको छ । भवन भवन निर्माणका लागि जिल्ला समन्वय समिति कास्कीले मौज्दात कोषबाट रु दुई करोड ५० लाख र प्रदेश सरकारको रु ५० लाख लगानी गरेकामा बाँकी रकम गाउँपालिकाले लगानी गरेको छ । निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि डम्बरराज ढकालले ढिलोमा मङ्सिर महिनाभित्रमा सबै काम सकेर गाउँपालिकालाई भवन हस्तान्तरण गरिने जानकारी दिए । लिफ्टका सामग्री भन्सार आइपुगेकाले दसैँ लगत्तै निर्माणस्थलमा ल्याइने जानकारी दिँदै उनले ‘फिनिसिङ’को कार्य जतिसक्दो चाँडो सम्पन्न गरिने बताए।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




