यस्ताे छ कात्तिक महिनाको शुरुकाे दिन सुनचाँदीको भाउ

-



     सफल आवाज    
     कार्तिक १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ कात्तिक । कात्तिक महिनाको पहिलो दिन तथा साताको दोश्रो दिन साेमबार आज सुनचाँदीको भाउ निर्धारण भई कारोबारका लागि बजारमा आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकेको छ । आज सोहि भाउमा कारोबार भईरहेको छ ।

तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार कात्तिक लागे वित्तिकै चाँदीको भाउ पनि बढ्न थालेको छ । यसदिन चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भई रहेको छ ।