बढ्यो सुन र चाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ असोज । साताको चौथो दिन बुधबार सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ १०० तथा चाँदीमा सामान्य १० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएर प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसअघि छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउमा सामान्य १० रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको छ । यसअघि चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।