
काठमाडौं, ३ असोज । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार शेयर बजारमा सर्वत्र हरियाली छाएको छ । १३ वटै उपसमूहहरु उकालो चढेका छन । लामो समयदेखि अस्थिर हुँदै आएको शेयर बजारमा बेला बेलामा सकारात्मक सुधारको संकेत देखिए पनि स्थिर भएको थिएन ।
विशेष गरी नेपाल राष्ट्र बैंकले शेयर कर्जामा तोकेको १२ करोडको सिमापछि लगानीकर्ताहरु हच्किएका थिए । उनीहरु आन्दोलनमा उत्रिए र त्यसको विरोध पनि गर्दै आएका छन् । यहिबीचमा बैंक तथा वीत्तिय संस्थारुले ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।
यसैबीच नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारि गर्दै पछिल्लो समयमा बैंकहरुले प्रकाशमा ल्याएको ब्याज दरका बारेमा बोले लगत्तै भोलिपल्ट आज सकारात्मक परिवर्तन देखिएको हो । राष्ट्र बैंकबाट क, ख र ग बर्गका बैंक तथा वीत्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारि गर्दै निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिनाको प्रकाशित भएको ब्याजदरमा १० प्रतिशतले परिवर्तन गर्न सक्ने बताएको थियो ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ६०.५६ अंकले बढेर २५७१ विन्दुमा पुगेको छ । नेप्सेमा २.४१ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स १२.०९ अंकले बढेर ४८४.०५ विन्दुमा पुगेको छ ।
कुल २१७ कम्पनीको शेयर कारोबार भएको छ । ६१ लाख १ हजार ४१४ कित्ता शेयरको कारोबारबाट २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । बैंकिङ उपसमूहतर्फ १.८४ प्रतिशतले बृद्धि भएको छ । व्यापारतर्फ ३.०१ प्रतिशत, होटल तथा पर्यटनतर्फ ३.१३ प्रतिशत, विकास बैंकतर्फ ३.१४ प्रतिशत तथा हाइड्रोपावर उपसमूहतर्फ ४.३१ प्रतिशतले बृद्धि भएको छ ।
सबैभन्दा बढी फाइनान्सतर्फ बृद्धि भएको छ । यस समूहतर्फ ५.८१ प्रतिशतले बृद्धि भएको छ । नीर्जिवन बीमातर्फ २.२ प्रतिशत, उत्पादनतर्फ २.०६ प्रतिशत, अन्यतर्फ ३.८९ प्रतिशत, माइक्रोफाइनान्सतर्फ १.९९ प्रतिशत, जीवन बीमातर्फ १.३३ प्रतिशत, म्युचुअल फण्डतर्फ १.४३ प्रतिशत तथा लगानी उपसमूहतर्फ १.८१ प्रतिशतले बृद्धि भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । बैंकको ९ करोड ४८ लाख ५ हजार ४८ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।










झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




