
कठमाडौं, ४ असोज .अघिल्लो दिन हरियाली छाएको शेयर बजारमामा साताको कारोबार हुने अन्तिम दिन बिहिबार राताम्मै भएको छ ।
१३ उपसमूहमध्ये दुई बाहेक ११ वटा उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । कारोबार रकममा पनि खासै प्रगति भएको देखिएन । नेप्सेमा भईरहेको निरन्तरको गिरावटले लगानीकर्ताहरु निरास भएका छन् ।
यसदिन नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको छ । उता सेन्सेटिभ इण्डेक्स ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा रहेको छ ।
कुल २१६ कम्पनीको शेयर कारोबार भएको छ । ६१ लाख ६ हजार ४५२ कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहहरुमध्ये अन्यतर्फ १.३ प्रतिशतले बृद्धि भएको छ । म्युचुअल फण्डतर्फ ०.४३ प्रतिशतले बृद्धि भएपनि अन्य बाँकी ११ वटै उपसमूहको शेयर घटेको छ ।
बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उतपादन, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहको शेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सानिमा बैंकको कारोबार भएको छ । बैंकको २७ करोड १२ लाख ९७ हजार ६०९ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




