आईतबार ह्वात्तै बढ्यो सुनचाँदीको भाउ

-



     सफल आवाज    
     कार्तिक ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ कात्तिक । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । यसदिन सुनमा एकैपटक रुपैयाँ ४०० तथा चाँदीमा १० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले बढेर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन स्थिर रहि बिहिबारकै मूल्यमा प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा १० रुपैयाँले बृद्धि भएको छ । चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।