सानिमा र माछापुच्छ्रे बैंकको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     कार्तिक ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ असोज । नेपाल स्टक एक्सचेन्जमा सानिमा बैंक तथा माछापुच्छ्रे बैंकको शेयरमूल्य आज समायोजन भएको छ ।

दुबै बैंकले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरेको हाे । सानिमा बैंकको १७ प्रतिशत बोनस शेयर समायोजन भएको छ । माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस शेयर समायोजन भएको छ ।

शेयरमूल्य सामायोजन भएपछि सानिमा बैंकको शेयरमूल्य प्रतिकित्ता ४१७ रुपैयाँ ७८ पैसा तथा माछापुच्छ्रे बैंकको प्रतिकित्ता शेयरमूल्य ३२२ रुपैयाँ ७ पैसा निर्धारण भएको छ ।

सानिमाको यसअघिको अन्तिम कारोबार प्रतिकित्ता ४८८ रुपैयाँ ८० पैसा र माछापुच्छ्रे बैंकको ३६४ रुपैयाँ ९० मा भएको थियो ।

सानिमा बैंकको कात्तिक १४ गते आम्रापाली ब्यांकेट, बालुवाटार काठमाडौंमा १७ औं साधारण सभा डाकिएको छ । सभा पूर्वान्ह ११ वजे अनलाइनमार्फत हुनेछ ।

यस्तै माछापुच्छ्रे बैंकको कात्तिक २६ गते २३ औं साधारण सभा होटल द पोखरा ग्राण्ड, पार्दीमा डाकिएको छ । सभा पूर्वान्ह ११ वजे शुरु हुनेछ । शेयरधनीहरुलाई अनलाईनमार्फत सभामा सहभागि हुन अनुरोध गरिएको छ ।