सुनको भाउ अझैं उकालो लाग्दै, चाँदीको स्थिर

-



     सफल आवाज    
     कार्तिक ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज पनि सुनको भाउ अझैं उकालो लागेको छ । चाँदीको भने यसदिन स्थिर रहेको छ । छपावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भएको छ भने चाँदी सोमबारकै भाउमा खरिदबिक्री भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ २०० ले बढेर प्रतितोला ९२ हजार ६०० पुगेको छ । यसअघि सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

चाँदीको भाउ यसदिन स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी सोमबारकै भाउमा प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको छ ।