
काठमाडौं, १० कात्तिक । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको वित्तीय विवररण सार्वजनिक गरेको छ । सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाको खुद नाफा बढेको देखिएको छ ।
यस आर्थिक वर्षको असोज महिनाको मसान्तसम्म लघुवित्तको १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा भएको छ । गएको वर्ष सोहि अवधिमा संस्थाले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जस्को तुलनामा यस अवधिमा संस्थाको खुद नाफा १५०.५१ प्रतिशत बढी हो ।
एनआईसी लघुवित्तको खुद ब्याज आम्दानी तथा संचालन मुनाफा बढेपछि खुद नाफा बढेकाे हो । खुद ब्याज आम्दानी १०३.१० प्रतिशत बढेको छ । संचालन मुनाफा १५०.५१ प्रतिशत बढेको छ ।
संस्थाको चुक्ता पुँजीमा १७.५३ प्रतिशत बृद्धि भएको छ । जगेडा कोष १६६.०६ प्रतिशत बढेको छ । सापटी १०१.६३ प्रतिशत तथा निक्षेप २२६ .०९ प्रतिशत बढेको छ । साथै कर्जा १८६.२८ प्रतिशत बढेको छ ।
संस्थाले कमाएको नाफासंगै प्रतिशेयर आम्दानी बढेको छ । प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५५ पैसामा १९ रुपैया ८६ पैसा बढेको हो । यसरी बढेर प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ४१ पैसा पुगेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




